logo

    Thank you for choosing our Product

    You May also Call Us for the Further Information regarding the Product

    call Us on +977 - 9876543210

    ओशो आश्रम सौराहा
    ३५ वर्ष देखि अनवरत सञ्चालनमा

    ओशो आश्रम सौराहा कर्म, ज्ञान र भक्तिको त्रिवेणि -
    नेपालको पहिलो र सबै भन्दा पुरानो -
    प्रकृति र दिव्य उर्जाले भरपुर -
    ओशो जीवन जागृति अभियान केन्द्र हो ।

    यहाँ प्रयोग हुने ध्यानका सरल, प्रभावशाली, वैज्ञानिक, मनोरञ्जनात्मक र मनोभञ्जनात्मक विधीहरूको साथमा सङ्गीत, भजन-किर्तन, ओशो प्रवचन तथा मार्ग दर्शकहरूको प्रस्तुतिले खेल-खेलमै, दुःखद र सुखद अनुभूतिलाई पार गर्दै साधना-पथमा अघि बढन सहजीकरण गर्दछन ।

    ओशो भन्नु हुन्छ "तिमीलाई आफ्नो संभावनाको बारेमा बारम्बार सचेत गराउनु परेको छ र यस्तो स्थान प्रदान गर्नु परेको छ जहाँबाट तिमी आफ्नो सम्भावनातिर यात्रा गर्न सक, यस्तो स्थान जहाँ तिमी भिडबाट मुक्त हुन सक र जहाँ संसारको भिडभाड एवं अन्धविश्वास तथा पूर्वाग्रहहरूलाई अलग राख्न सक। जहाँ केवल एउटै कुरा महत्वपूर्ण रहोस कि कसरी आफ्नो बुद्ध स्वभावसँग परिचित हुने । ”

    कार्यक्रम स्थल (आश्रम):
    ओशो आश्रम सौराहा, रत्ननगर-६, बछौली (टुरिष्ट बस पार्क संगै), सौराहा, चितवन
    फोनः 056-580134, 9845432080, 9851074126

    इमेल: oshodhara.ktm@gmail.com

    काठमाण्डौ सम्पर्क कार्यालयः
    ओशो वाटिका, टोखा-१०, सामाखुशी, पोष्ट बक्स नं. २४८२०, काठमाण्डौ, नेपाल
    फोनः 9849992957, 9841522443

    Website: OshoAshramSauraha.com

    ओशोधारा मैत्री संघको व्यवस्थापन तथा स्वामित्वमा सञ्चालित ओशो आश्रम सौराहा।

    काठमाडौं, नेपालका लागि हवाई उडानहरू भारतको दिल्ली, मुम्बई, कोलकाता लगायतका शहरहरूबाट सञ्चालन हुन्छ। अमेरिका, युरोप, दक्षिण पूर्व एशिया, र मध्यपूर्वबाट सुविधाजनक उडानहरू उपलब्ध हुन्छन। काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवन हवाई मार्गद्वारा २० मिनेटको दूरीमा रहेको छ। नजिकैको विमानस्थल भरतपुर हो। चितवन पुग्न सडक मार्गद्वारा ५ घण्टा लाग्छ भने, मुख्य राजमार्ग जक्सन सौराहा चौक, रत्ननगर (टाँडी) मा अवस्थित छ।

    नेपालमा भारतीय सीमा हुँदै प्रवेश गर्न चाहने व्यक्तिहरूका लागि रक्सौल (बीरगंज नजिक) र सुनौली (गोरखपुर नजिक) मुख्य प्रवेश बिन्दुहरू हुन्। यस्तै, पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश, र उत्तराखण्डका विभिन्न सीमा नाकाबाट पनि नेपाल प्रवेश गर्न सकिन्छ। भारतीय नागरिकहरूले आधार कार्ड, नागरिकता प्रमाणपत्र वा मान्य राहदानी (पासपोर्ट) जस्ता सरकारी जारी गरिएका फोटो सहितको परिचयपत्र प्रयोग गरी नेपाल प्रवेश गर्न सक्छन्। भिसा आवश्यक पर्दैन।

    सुनौली सीमाबाट सौराहासम्म सीधा बस सेवा सञ्चालन हुन्छ। काठमाडौं र पोखराबाट दैनिक टुरिस्ट बसहरु उपलब्ध छन। नेपालका अन्य सीमाबाट सीधा बस सेवा सौराहा सम्म आई नपुग्ने हुनाले पूर्व-पश्चिम राजमार्गका बस सेवाहरु प्रयोग गरी टाँडी चोक सम्म आउने अनि त्यहाँ बाट थ्री व्हीलर अथवा लोकल ट्रान्सपोर्टको प्रयोग गरी सहजै पुग्न सकिन्छ।

    सद्गुरु ओशोका क्रान्तिकारी ध्यान विधिहरू जस्तै सक्रिय, कुण्डलिनी, नटराज, कीर्तन, चक्रब्रिदिङ्ग, चक्रसाउण्ड, नादब्रम्ह, सुफि व्हीर्लिङ्ग, आनापान सति, नोमाईण्ड, मिष्टिकरोज, नो-डायमेन्सन आदि विधिहरूको प्रयोगवाट शरीर, विचार र भाव शुद्धि गर्दै चित्तको शुद्ध र विश्रामपूर्ण अवस्थाका लागि ७ देखि १६ वर्ष उमेरका लागि गरिने त्रिदिवसीय र १६ वर्ष उमेर भन्दा माथिका सबैका लागि गरिने ५, १०, १३ र २१ दिवसीय शिविर ।

    सद्गुरु ओशोका प्रवचन, तन, मन र भावको सफाई गर्दै उर्जा र ध्यान जागरण गर्ने वैज्ञानिक विधिहरूको सम्यक् प्रयोगको साथमा अष्टाङ्गिक आर्यमार्ग (शील-समाधि-प्रज्ञा) को समझ, प्रयोग र हामी भीत्र जन्म-जन्मान्तरदेखि संग्रहित चित्तको विशुद्धीकरणका लागि सम्यक् सम्बुद्ध गौतम बुद्धले प्रतिपादन गर्नुभएको पौराणिक विपश्यना (कायानुपश्यना, वेदनानुपश्यना, चित्तानुपश्यना, धम्मानुपश्यना) र ब्रम्हविहारको समझ र प्रारम्भिक प्रयोगका ५, १०, १३ र २१ दिवसीय शिविर ।

    "विपश्यना मनुष्य जातिको इतिहास मै सर्वाधिक महत्वपूर्ण ध्यान प्रयोग हो । जति व्यक्तिलाई विपश्यनाले बुद्धत्वमा उपलब्ध गरीएको छ - अरु कुनै विधिले गराएको छैन । विपश्यना अद्भुत छ ।” ओशो

    शिल गन्धो अनुत्तरो: यो ओशो ध्यान विधिहरू, पन्च महाव्रत, यम, नियम, आसन, प्राणायाम प्रत्याहारका साथमा पन्चशिल (विशुद्धीको प्रथम चरण) मा आधारित हसिवा-खेलिबा-करिबा एक दिवसीय वा त्रिदिवसीय लघु शिविर हो । यो शिविर बुद्ध जन्मभूमि लुम्बिनी लगायत आयोजकबाट माग भए अनुसार अन्यत्र पनि प्रस्तुत गरिन्छ ।

    समय समयमा ओशो ध्यान विधिहरू र प्रवचन सहितको कर्मयोग, ज्ञानयोग, भक्तियोग, अष्टाङ्गयोग, सुफी मत, सन्त मत, गीता दर्शन, शिवसूत्र (बिज्ञान भैरव तन्त्र) आदिमा आधारित पाँच (५) दिवसीय शिविरहरू पनि प्रस्तुत गर्ने गरिन्छ ।

    तीन महिनामा एकपटक ओशो ध्यान विधि अथवा विपश्यना विधिमा आधारित दस (१०) दिवसीय र ६ महिनामा एकपटक पुराना माझिएका साधकका लागि तेह्र (१३) वा एक्काइस (२१) दिवसीय दिर्घ साधना शिविरहरू पनि प्रस्तुत गरिन्छन् ।

    शिविर सहभागीहरूले विशेष संहिता (protocol) पालना गर्नु आवश्यक छ । अल्प भोजन र पर्याप्त विश्राम गर्नु पर्दछ । आफु पूर्ण मौन रही अरुलाई पनि मौन रहन सहयोग गर्नु पर्दछ । साधनाको लागि गहिरो जिज्ञासा र ध्यान विधिहरूको समझ हुनु आवश्यक छ र सम्पूर्ण विधिहरू लगनशिलताका साथ सही रुपमा प्रयोग गर्नु पर्दछ । संवेदनशिल र हरपल सजग (होसपूर्ण) र प्रेमपूर्ण रहनु पर्दछ । शिविरको अन्तिम दिनमा मात्र मोबाईल फोनको प्रयोग गर्न पाईनेछ । सरसफाईमा विशेष ध्यान दिनु पर्नेछ । शिविरको अवधिमा किताब पढ्ने, सङ्गीत सुन्ने, अन्य कर्मकाण्ड गर्नाले साधनामा प्रगति हुँदैन । शिविरको अवधिभरी जानी जानी आफुवाट कुनै पनि जीवको हत्या हुन दिनु हुँदैन, चोरी गर्नु हुँदैन, कामवासना वा व्यभिचारबाट टाढा रहनु पर्दछ। झुटो वा अनावश्यक बोल्न र मद्यपान वा नशालु पदार्थको सेवन गर्नु, भड़किलो वस्त्र वा शरीरमा सुगंध लगाउनु हुँदैन । पूर्ण समर्पणका साथ सरण भाव (बुद्धम् सरणम् गच्छामि, धम्मं सरणम् गच्छामि, संघम् सरणम् गच्छामि)मा रहनु र मार्गदर्शकसँग स्पष्ट र सद्भावपूर्ण रहनु पर्दछ । अनावश्यक ढोगभेट जस्ता कर्मकाण्ड गर्नु पर्दैन । शिविर पछि सहभागीहरू आफ्नो जीवनलाई स्व-विवेकले जीउन स्वतन्त्र हुनेछन् । यी शर्तहरू पूर्व सहभागीको अनुभव र सुझाव अनुरुप शिविरार्थीले शिविरको पूर्ण लाभ लिन सक्नुहोस भनेर लागु गरिएको हो ।

    ओशो आश्रम सौराहा मुनाफा रहित, सेवामूलक सामाजिक संस्था हो । यहाँ प्रस्तुत हुने कार्यक्रमहरू निःशुल्क हुन र संचालक आचार्यले आश्रमबाट कुनै तलब वा भत्ता लिनुहुन्न ।

    विशेष सुविधा भएका आवास प्रयोग गर्ने सहभागीले व्यवस्थापनले सुझाए अनुसारको दान गर्नुपर्नेछ । यसरी प्राप्त दानबाट आश्रमको दैनिक व्यवस्थापन र मर्मतको कार्य गरिन्छ । नयाँ निर्माण वा जिर्णोद्वार पूर्व सहभागीहरूको विशेष दानबाट गरिन्छ । प्रतिकुल आर्थिक अवस्था भएका सहभागीका लागि सबै शिविरहरूमा केही सिटहरू स्वैच्छिक अनुदान श्रेणीमा उपलब्ध छन् । यस्तो आवास प्रयोग गरी कार्यक्रमहरूको लाभ लिनुहुने नयाँ सहभागीले कार्यक्रम अवधिमा शुल्क बिनै लाभ लिन सक्नुहुनेछ र कार्यक्रमको अन्त्य हुनु भन्दा एक दिन पूर्व (मंगल मैत्री दिवसका दिनमा) आफ्नो सामर्थ्य र भाव अनुसार स्वैच्छाले सकेको दान गर्न सक्नु हुनेछ ।

    शिविरार्थीले कार्यक्रमको अघिल्लो दिन २ बजे भित्र आश्रम प्रवेश गरि सक्नु पर्नेछ र शिविर समापन भएको दिन ११ बजेसम्म आश्रमबाट विदाई हुनेछ । सुदुर पश्चिम, कर्णाली प्रदेश, मेची प्रदेश र हिमालसँग जोडिएका जिल्लाबाट यात्रा गरि पुग्नु हुने सहभागीले एक दिन पहिले नै पुग्नु भएमा अतिरिक्त दान भार लाग्दैन । कार्यक्रम चलिरहेको अवस्थामा कुनै नयाँ वा पुराना साधक-साधिका वा आगन्तुकहरूलाई आश्रमको आवास र मौन क्षेत्रमा प्रवेश दिईदैन । आश्रम सेवादार, कर्मचारी र व्यवस्थापन सम्बद्ध व्यक्तिले मात्र तोकिएको नियम पालनगरि तोकिएका स्थानहरूमा प्रवेश पाउनु हुनेछ । शिविर नचलेको अवस्थामा आगन्तुकहरूले मौन क्षेत्रको पनि अवलोकन गर्न पाउने छन् तर बसेर गफ गाफ गर्दा भने आश्रमको पवित्रतालाई भंग गर्ने कार्य हुन जान्छ । कार्यक्रममा सहभागीको प्रवेश दिन र अन्तिम दिन मंगल मैत्री दिवसमा पुराना साधक-साधिकाले दिउँसो १ बजे पश्चात सेवामा सहभागी हुन पाउने छन् । रात बस्न चाहनेले अग्रिम बुकिङ्ग गरेको हुनुपर्दछ ।

    सद्गुरु ओशो भन्नु हुन्छ – 'म धार्मिकता सिकाउँदछु - धर्म हैन ।' त्यसैले कार्यक्रम सहभागीले ध्यान र प्रेमपूर्ण रहने विधि र कलालाई निष्ठापूर्वक सुन्नु, मनन गर्नु र प्रयोग (साधना) गर्नु पर्दछ । ओशो माला, वस्त्र आदि केवल संकल्प, सम-भाव, शुद्धता, उत्सवपुर्ण माहोल र स्वच्छताका लागि हो- अनिवार्य कर्म-काण्ड वा कुनै धर्म सम्प्रदायमा प्रवेश हैन ।

    आश्रम राष्ट्रिय निकुञ्ज सँगै रहेकोले धेरै कार्यक्रम सहभागीहरू निकुञ्ज र वरपरको प्रकृति र संस्कृतिको दृश्यावलोकन गर्न चाहानु हुन्छ । कार्यक्रम समापन पछि अवलोकनको व्यवस्था गर्न सकिन्छ तर अतिरिक्त (एक रात) बस्न चाहानेले अग्रिम बुकिङ्ग गर्नु पर्दछ । आश्रम बाहिर खान पिन गर्नु हुँदैन ।

    अग्रिम बुक गर्नु भए अनुसारको आवास र शुद्ध शाकाहारी भोजन आश्रमबाट उपलब्ध हुन्छ । सहभागीले आफ्नो निजी कपडा, बाथरुमको सामान, खाने गरेको भए औषधि र डाक्टरको प्रेस्कृप्सन, मौसम अनुसारको ओढ्ने चादर आदि निजी प्रयोगका सामान ल्याउनु पर्दछ । डाक्टरले लेखेर खानु भनेको बाहेक खाने कुरा ल्याउनु पर्दैन ।

    आश्रममा तथा अन्यत्र प्रस्तुत हुने कार्यक्रमको सञ्चालन र निर्देशन अन्य सहयोगीहरूको साथमा मैत्री संघका संस्थापक स्वामी मैत्रेयजीले गर्नु हुन्छ । स्वामी मैत्रेयजी ३० बर्षदेखी साधना पथमा हुनुहुन्छ र विगत २५ बर्षमा वहाँले नेपालका सातै प्रदेश, संयुक्त राज्य अमेरिका, क्यानडा, ल्याटिन अमेरिका, बेलायत, यूरोप, अष्ट्रेलिया, अफ्रिका, न्यूजिल्याण्ड, जापान, बेलायत, भारत, थाइल्याण्ड, म्यान्मा आदि देशहरूमा दिर्घ वा लघु शिविरहरूको सञ्चालन र निर्देशन गरि सक्नु भएको छ ।

    काठमाडौँ केन्द्रमा ओशो वाटिका सामाखुसीमा बिहान सक्रिय ध्यान र साँझ विभिन्न ध्यान विधिहरूको प्रयोग गरिन्छ। शनिबार र बिहीबार नियमित सत्सङ्ग र विशेष एक वा तीन दिवसीय ध्यान शिविरमा सहभागी हुन सकिन्छ । कार्यक्रमको सूचना 9841906995, 9851074126, 9841522443 बाट प्राप्त गर्न सकिन्छ । समय समयमा फर्पिङ्ग काठमाण्डौमा पनि शिविरको आयोजना गरिन्छ।

    अग्रवाल भवन, कमलपोखरी काठमाडौँमा विशेष मासिक सत्सङ्ग र विभिन्न ठूला उत्सवको लागि हुने कार्यक्रममा पनि सहभागि हुन सकिन्छ । यहाँ हुने कार्यक्रमको सूचना 9841312645, 9849992957 बाट प्राप्त गर्न सकिन्छ ।

    प्रत्येक दिन विहान ५:३० बजेबाट र साँझ ७:३० बजेबाट सञ्चालन हुने अनलाइन कार्यक्रमको जुम आईडी/पासवार्डको लागि ९८५१०७४१२६/९८४१५२२४४३ मा कल गर्नु होला ।

    कार्यक्रममा सहभागी हुनका लागि तोकिएको फारम भर्न निम्न व्यक्तिहरूलाई सम्पर्क गरि आफ्नो सिट निश्चित गर्नु पर्ने हुन्छः शालिकराम घलेः 9851074126, सी.बी. क्षेत्रीः 9841522443, जानुका महर्जनः 9843383573 रजिष्ट्रेशन फारम डाउनलोड

    रजिष्ट्रेशन फारमको लागि डाउनलोड लिंक ।

    https://www.oshoashramnepal.com/wp-content/uploads/2024/10/Program-Registration-Form-Participants.pdf